काठमाडौं । ब्युटी सलुन फेसियल हाउस आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘प्रथम काठमाडौं महोत्सव २०८२’ को ‘को-स्पोन्सर’ बनेको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको आयोजना तथा राइजिङ नेपाल प्रा.लिको सहआयोजनामा हुने महोत्सवको को स्पोन्सरमा नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउस जोडिएको हो ।
फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, व्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ ।
फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको छ । नेपालीहरूको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ ।
महोत्सवमा २ सयभन्दा बढी व्यावसायिक स्टल रहनेछन् । महोत्सवमा रैथाने खाना महोत्सव, पर्यटन प्रवद्र्धन, कला संस्कृति महोत्सव, निःशुल्क स्वास्थ्य शिविर, र फोटो प्रदर्शनी जस्ता विविध कार्यक्रम समेत आयोजना हुने छन् ।





Comments are closed.