काठमाडौं । फेसियल हाउसले राष्ट्रिय उत्कृष्ट सेवा सम्मान २०८२ प्राप्त गरेको छ । काठमाडौंमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरेको शुभकामना बिशेष सम्मान समारोहमा सम्मान गरेको हो ।
प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र बिशिस्ट अतिथि पुर्बमन्त्री शेरबहादुर कुँवरले फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरालाई सम्मान हस्तान्तरण गरेका हुन् ।
काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने थप दुई नयाँ शाखा विस्तारको अन्तिम तयारीमा छ ।
कामको लागि विदेशमा भन्दा पनि स्वदेशमा काम गर्न सके नेपालमा आफ्नै परिवार साथमा रहेर राम्रो गर्न सकिन्छ भन्ने उदाहरण पनि हो, फेसियल हाउस । सौन्दर्य पेशालाई राम्रो रूपमा हेर्नुपर्छ भनेर पुराना सौन्दर्यविद्ले भनिरहदा फेसियल हाउसले नेपालभर आफ्नो ब्राण्ड बनाएर शाखा विस्तार गर्दै गाउँठाउँको सेवाग्राहीलाई सहुलियत मूल्य सेवा प्रवाह गर्दै आएको छ ।
फेसियल हाउसमा विदेश जाने कोर्समा पढाइ हुने भएकाले धेरै विद्यार्थीको रोजाई रहेकोे छ । अन्तर्राष्ट्रिय स्तरको तालिम पनि सञ्चालन हुने गरेको फेसियल हाउसले जनाएको छ ।
Comments are closed.