कुनै पनि सामान अब घर घरमै, मात्र १० मिनेटमा

काठमाडौं । राजधानीको व्यस्त सडक र व्यस्त जीवनशैलीलाई सहज बनाउने उद्धेश्यसहित स्थापना भएको फास्टो नेपाल प्रा.लि.ले उपभोक्तालाई १० मिनेटमै हरेक सामान घर घरमै उपलब्ध गराउने भएको छ ।

‘एनिथिङ्ग इन टेन मिनेट’ भन्ने नाराकासाथ फास्टोले यही भदौ १ गतेदेखि काठमाडौं उपत्यकाभित्र सोझै किसानले उत्पादन गरेका ताजा तरकारी, फलफुल, दैनिक उपभोग्य सामाग्री लगायत खेलकुद तथा सजावट र बजार माग बमोजिमका अन्य आवश्यक सामाग्रीहरु ग्राहकले मोवाईलबाट अर्डर गरेर १० मिनेटमै घरमै प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

ग्राहकले ‘फास्टो एप’ प्लेस्टोर वा एपस्टोरबाट डाउनलोड गरी सामान अर्डर गर्न सक्नेछन् । यसबाट राजधानीबासीका लागि दैनिक किनमेल अब सजिलो र छिटो हुने अनुमान गरिएको छ । कम्पनीका अनुसार यो सेवा नेपालकै पहिलो अत्यन्त छिटो डेलिभरी मोडल हो । जसमा ग्राहकले सामान अर्डर गरेपछि औसतमा १० मिनेटमा सामान प्राप्त गर्नेछन ।

कम्पनीका संस्थापक सुशान्त घिमिरे भन्छन् ‘हामी बुझ्छौं, अहिले मानिसलाई हरेक मिनेट महत्वपुर्ण छ । बजार जाने, साधन पार्किङ गर्ने, सामान खोज्ने, लाईनमा पर्खिने यी सबै कुराले उनीहरुको महत्वपुर्ण समय अनावश्यक खेर गएको छ । हाम्रो उद्धेश्य भनेको ग्राहकको यो समय बचत गराउने हो’ ।

यो सेवा सञ्चालनका लागि फास्टोले काठमाडौं उपत्यकाभित्र विशेष वितरण नेटवर्क तयार पारेको छ । कम्पनीका अनुसार छिटो डेलिभरीका लागि अत्याधुनिक लजिष्टक सिस्टम र कुशल डेलिभरी टिम प्रयोग गरिएको बताएको छ । कम्पनीले गुणस्तरीय र ताजगीको ग्यारेण्टीसहित स्थानीय खुद्रा मुल्यमा २५० भन्दा बढी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका २००० भन्दा बढी सामान उपलब्ध गराउने दावी गरेको छ ।

साथै कम्पनीले किसान र उत्पादकसंग प्रत्यक्ष सहकार्य गरी उनीहरुका उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने गरी कार्ययोजना तयार गरेको छ । जसबाट वस्तु बजारीकरण तथा वितरणमा विभिन्न मध्यस्थकर्ताको उपस्थिती घट्ने र यसोगर्दा साना तथा मध्यम स्तरका उद्योगहरुले व्यहोर्नुपरेको वितरण लागत कम हुन गई उत्पादक मात्रै होइन करिब ७० लाख भन्दा बढी उपभोक्ता समेत प्रत्यक्ष लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।

यसले हाल काठमाडौं उपत्यकामा मात्रै सिमित राखेको यो सेवा निकट भविष्यमा नेपालका सबै प्रदेश र बजारमा उपलब्ध गराउने लक्ष्य लिएको छ । फास्टो एप डाउनलोडका लागि तलको लिङ्कमा जानुहोस् :

https://www.fasto.com.np/download

 

You might also like

Comments are closed.