यन्त्र उपकरणसहित उद्धार कार्यमा जुट्न निर्माण व्यवसायी महासंघको अपील

काठमाडौं । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति जारी गरी यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र तत्काल उनीहरूको उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकार समक्ष जोडदार माग गरेका छन् । बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारणसहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनी तथा व्यवसायीलाई यथाशिघ्र राहत उपलब्ध गराउन पनि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

jutta mela

साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न हुन देशभरका निर्माण व्यवसायीलाई महासंघले अपील गरेको छ । पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपील गर्दै महासंघले सरकारको उद्धार तथा राहत अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै व्यवसायीलाई अनुरोध गरेको छ ।

साथै बाढी पहिरोको चपेटामा परेको देशभरका निर्माण व्यवसायीलाई क्षतिको विवरण महासंघ सचिवालयमा उपलब्ध गराउन विज्ञप्तिमार्फत अपील गरिएको छ ।

You might also like

Comments are closed.