फेकनको अध्यक्षमा बासु नेपाल विजयी

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) अध्यक्षमा बासु नेपाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न १०औं साधारण सभा तथा निर्वाचनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

फेकनको उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्त दुलाल, महासचिवमा राजु निरौला, सचिवमा छवि ओझा र उमेश कुश्वार, कोषाध्यक्षमा अनिल शर्मा पौड्याल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा दीपा लामिछाने, इन्द्रजित गौतम, रेश्मा राजथला थापा, दिनेश न्यौपाने, सविन खड्का र सुदेश पोखरेल निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष नेपालले मतदाताप्रति आभार व्यक्त गर्दै सम्पूर्ण परामर्शदातृ व्यवसायीहरुलाई समेटेर संस्थाको नेतृत्व गर्ने तथा व्यावसायिक हिकहितका पक्षमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।

jutta mela

You might also like

Comments are closed.