स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकी प्रदेश कमिटि गठन, अध्यक्षमा भट्टराई

 

पोखरा । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) गण्डकी प्रदेशको अध्यक्षमा जागृत भट्टराई चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनिल पराजुली, सुजन बस्नेत, सचिवमा सञ्जय सुवेदी, सहसचिवमा विश्वप्रकाश भुसाल, कोषाध्यक्षमा नन्दु पाइजा मगर चयन भएका छन् ।

सदस्यहरुमा विष्णुप्रसाद अधिकारी, राजु गौतम, सूर्यप्रसाद भण्डारी, नरेन्द्र पौडेल, सुरेश पौडेल छन् । गण्डकी प्रदेशमा रहेका शैक्षिक परामर्शदातृ संस्थाहरुलाई समेटेर संस्था अगाडि बढ्ने अध्यक्ष भट्टराईले बताए । फेकनका केन्द्रीय अध्यक्ष बासु नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.