स्वतन्त्र शैक्षिक परामर्श संघको साधारणसभा शनिबार, दुई प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं ।

स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)को १०औं वार्षिक साधारणसभा फागुन ८ गते शनिबार हुने भएको छ । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

फेकनको नयाँ नेतृत्वका लागि २ प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । भुपाल तामाङ र बासु नेपालले प्यानलसहित उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । अध्यक्षका दुवै उम्मेदवारले आआफ्नो पक्षको जित सुनिश्चित रहेको दावी गरेका छन् ।

भुपाल तामाङको प्यानल

अध्यक्षका उम्मेदवार भुपाल तामाङको प्यानलबाट उपाध्यक्षमा दीपक सिलवाल, रामशरण ढकाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुस्वार, छविन्द्र ओझा, कोषाध्यक्षमा दीपेन्द्र खरेल, कार्यसमिति सदस्यमा किशोर दुलाल, रेश्मा राजथला, इन्द्रजित गौतम, शेरबहादुर बस्नेत, सलाम सिंह योञ्जन, दीपेन्द्र कुँवरले उम्मेदवारी दिदैछन् ।

बासु नेपालको प्यानल

अध्यक्षका उम्मेदवार बासु नेपालको प्यानलबाट उपाध्यक्षमा प्रज्वल बस्नेत, हेमन्तराज दुलाल, महासचिवमा विपीन केसी, सचिवमा पृथ्वीबहादुर खाँण, अमित खड्का, कोषाध्यक्षमा अनिल शर्मा पौड्याल, कार्यसमिति सदस्यमा राजकुमार शर्मा, दीनेश न्यौपाने, दीपा लामिछाने, सुदेश पोखरेल, राज के. ढकाल, गणेशबहादुर भण्डारीले उम्मेदवारी दिदैछन् ।

You might also like

Comments are closed.