नेपाल विद्युतीय व्यावसायी महासंघको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले १५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाको अध्यक्षतामा भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक भए कानुन नै संशोधन गर्न पनि तयार रहेको बताए । गण्डकी प्रदेशमा लगानी गर्दा प्रदेश सरकारअन्तर्गत सम्बन्धित निकायका कारण लगानीमैत्री वातावरण नभएमा, प्रशासनिक झन्झट परेमा, व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक भएमा बताउन अनुरोध गर्दै छलफल गरी कानुनमा आवश्यक संशोधन गर्न तयार रहेको बताए ।

महासंघका अध्यक्ष देवकोटाले बजारमा बिक्री वितरणमा पठाउनु अघि स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तुमा भए पैठारीकर्ताले अनिवार्य लेबल लगाउनुपर्ने व्यवस्थाले व्यवसायी मर्कामा परेकाले हाललाई सो नियम स्थगन गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं खेलकुद तथा मनोरञ्जन मञ्चका अध्यक्ष हरिबहादुर कार्कीले २ खर्बभन्दा बढीको लगानी रहेको बताए ।

शारडा ग्रुपका निर्देशक एवं संविधान सभा सदस्यमा ननियपवन कुमार सारदाले नेपालीलाई जुन तहमा समस्या पर्छ त्यही तहमा समाधान गर्न सकियोस् भनेर तीन तहको परिकल्पना गरी संविधान बनाइएको तर सो अनुसार कार्य हुन नसकेकोमा दुःख व्यक्त गदै देशमा व्याप्त समस्याका कारण युवाहरू विदेश जान बाध्य रहेको बताए । महासंघका निर्वतमान अध्यक्ष सुदर्शनप्रसाद पौड्याल र महासंघका कार्यसमिति सदस्य एवं आयोजित जिल्ला संघका अध्यक्ष केशव ढकालले विद्युतीय व्यवसायीलाई परेको समस्यालाई उजागर गर्दै समाधानको लागि पहल गरी दिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।

पोखरा इलेक्ट्रिकल एसोसिएशन आयोजित जिल्ला संघ रही पोखरा, कास्कीमा आयोजना गरिएको नेपाल विद्युतीय व्यवसायी महासंघको वार्षिक साधारण सभालाई मुख्य प्रायोजन प्रिमियर वायर्स प्रालिले गरेको थियो भने सह प्रायोजन प्राइम भेन्चर्स प्रालि र भिस्टा इलेक्ट्रिक प्रालि (कोरोना) ले गरेको छ । त्यस्तै उप–प्रायोजनमा एनजी इलेक्ट्रिकल्स प्रालि, आर.के.ओभरसीज प्रालि, जनता केबल इन्डस्ट्रिज प्रालि र ए एस इलेक्ट्रिक एण्ड मेशिनरी स्टोर्सले गरेका थिए ।

कार्यक्रम आयोजना गर्न २० वटा भन्दा धरै कम्पनीले ब्यानर सहयोग उपलब्ध गराएका थिए । नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष एवं साधारण सभा मूल आयोजक समितिका संयोजक प्रेमबहादुर जिसीले सहभागीलाई धन्यवाद दिएका छन् । कार्यक्रमको सञ्चालन महासंघका महासचिव गोपाल अग्रवालले गरेका हुन् ।

 

 

You might also like

Comments are closed.