गुणस्तरीय विद्युतीय सामग्री उपलब्ध गराउन प्रतिबद्ध छौं

दिपकराज पौडेल
डाइरेक्टर, अर्किड इलेक्ट्रिकल्स प्रालि
काठमाडौं । ‘फिन इलेक्ट्रो टेक २०२४’ को डाइमण्ड स्पोन्सरमा अर्किड इन्टरनेशनल प्रालि सहभागी भएको छ । फिन इलेक्ट्रो टेकलाई सफल बनाउन अर्किड इन्टरनेशनल प्रालिले डाइमण्ड स्पोन्सरमा साथ दिएको हो ।

विद्युतीय सामग्रीको व्यापार तथा व्यवसाय प्रवद्र्धनको लक्ष्यसहित आयोजना गरिएको मेलालाई सफल बनाउन हाम्रो साथ सधै रहँदै आइरहेको छ । नेपाली बजारमा गुणस्तरीय विद्युतीय सामग्री उपलब्ध गराउन हामी सधैं प्रतिबद्ध र सक्रिय छौं ।

यो व्यवसायको प्रवद्र्धनमा मेलाले थप सकारात्मक योगदान पु¥याउने हाम्रो विश्वास छ । व्यवसायी र उपभोक्ताले मेलाबाट राम्रो लाभ लिन सक्नुहुनेछ ।

You might also like

Comments are closed.