‘फीन इलेक्ट्रो टेक- २०२२’ भृकुटीमण्डपमा सुरु

काठमाडौं । बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा ‘फीन इलेक्ट्रो टेक– २०२२’ सुरु भएको छ । आजदेखि सुरु भएको नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण ‘फीन इलेक्ट्रो टेक- २०२२’ आगमी आइतबारसम्म चल्नेछ ।

यस मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको प्रदर्शनसँगै यस बारेमा आवश्यक जानकारी समेत उपलब्ध गराइएको छ । फीन इलेक्ट्रो टेक– २०२२ को नारा ‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि’ रहेको छ । विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकाससँगै यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि मेला आयोजना गरिएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालले जानकारी दिए ।

मेलाको टाइटल स्पोन्सरमा राठी स्वीच एण्ड केबल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबल (महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।

jutta mela

चार वर्षपछि हुन लागेको मेलाको प्रर्दशनीमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरणहरु राखिएको छ।

साथै फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीसमेत मेलाको आकर्षण रहेका छन् । इलेक्ट्रो टेकमा नेपालभरका र नेपाल बाहिरका ब्राण्डहरु सहभागी भएका छन् । इलेक्ट्रिक उत्पादन प्रयोग गर्ने इन्डस्ट्रीलाई, उपभोक्तालाई, आर्किटेक बिल्डल्र्स, होटललगायत इलेक्ट्रिकसँग सम्बन्धित सबैलाई मेलाले सहयोग गर्ने आयोजकको विश्वास छ ।

वर्तमान समयमा संसारको हरेक कुरा विद्युतसँग जोडिएको हुँदा यो मेलाले सबैलाई फाइदा गर्ने आयोजकहरुले बताएका छन् । साथै गुणस्तरीय सामानहरुको उत्पादन तथा विक्री वितरणमार्फत उपभोक्ताहरुलाई सुविधा दिनु पनि मेला आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

मेलाको आयोजनाका सहयोगी संस्थाहरुको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एसोसिएसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (नीमा), र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एसोसिएसन रहेका छन् ।

You might also like

Comments are closed.