अर्थतन्त्र चलायमान बनाउन साना तथा मझौला उद्योग र रिभर्स माईग्रेसनलाई प्राथमिकता दिनुपर्ने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको अवस्थामा देशको अर्थतन्त्र चलायमान बनाउन साना तथा मझौला उद्योग र रिभर्स माईग्रेसनलाई प्राथमिकता दिनुपर्ने बताएको छ ।

महासंघको १३ औं वाषिकोत्सवको अवसरमा बोल्दै महासंघका अध्यक्ष भागिरथ सापकोटाले अहिलेको अवस्थामा देशको अर्थतन्त्र चलायमान बनाउन वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई उनीहरुको सीप अनुसार उद्यमशिलता विकास गर्नुका साथै साना तथा मझौला उद्योगको पुर्नउत्थानलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘अर्थतन्त्रको मेरुदण्ड भनेको साना तथा मझौला उद्योग हुन तर अहिले तिनै उद्योग सबैभन्दा बढी पीडामा छन्,’ उनले भने, ‘सरकार र निजी क्षेत्रको सहकार्यमा ती उद्योगलाई रिभाईभ नगरेसम्म देशको समग्र अर्थतन्त्र चलायमान हुन सक्दैन ।’ अबका दिनमा एक गाउ दश उद्यमीको नीतिलाई अघि बढाउनुपर्ने समेत उनले जानकारी दिए ।

महासंघका इन्चार्ज रचना खड्काले अहिले महासंघले समग्र उद्योगी व्यवसायीको हितका लागि काम गरिरहेको भन्दै अबका दिनमा उद्योगी व्यवसायीको लिडर संस्थाको रुपमा आफुलाई स्थापित गराउनुपर्ने बताइन् । ‘अहिले महासंघले जसरी उद्यमी व्यवसायीको एजेन्डा उठान गर्दै समाधानका लागि सरकारसँग जसरी पहल गर्दै आएको छ त्यो एकदमै राम्रो छ,’ उनले भनिन्, ‘अबका दिनमा समग्र उद्योगी व्यवसायीका साथै पार्टीलाई बलियो बनाउन महासंघले नेतृत्वदायी भुमिका खेल्नुपर्छ ।’

You might also like

Comments are closed.