मूल्य वृद्धिको देशभरबाट विरोध, विद्यार्थी संगठनले भोलि निगम घेराउ गर्ने

 

काठमाडौं । विद्याथी संगठनले भोलि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आयल निगमले गत वैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा रु २०० वृद्धि गरेको थियो ।

MANASLU

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौं), सजाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी संगठनले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

त्यस्तै, नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज दिउँसो माइतीघरमा प्रदर्शन गरेको छ। साथै, विभिन्न संघ संस्थाले पनि मूल्य वृद्धिको विरोध गरिरहेका छन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...