फेवासिटी अस्पतालमा अनुगमन, फिर्ता होला त शुल्क वृद्धि ?

सुरेन्द्र पौडेल

पोखरा । पोखराको फेवासिटी अस्पतालको आइतबार अनुगमन भएको छ । फेवासिटी अस्पतालले इन्डोस्कोपी सेवामा एकैचोटी ३ हजार रुपैयाँ शुल्क वृद्धि गरेपछि प्रशासनको नेतृत्वमा अनुगमन गरिएको हो । अस्पताल प्रशासनले अनुगमन टोलीसमक्ष शुल्क वृद्धि फिर्ता गर्ने प्रबिद्धता गरेको स्रोतले बतायो ।

अस्पताल प्रशासनले मूल्य वृद्धि फिर्ता गरेर पुरानै शुल्क कायम गर्ने प्रतिबद्धता गरेपछि अनुगमन टोलीले कारवाही प्रक्रिया अगाडि नबढाइ फर्किएको छ । इन्डोस्कोपी गरेको २ हजार रुपैयाँ लिदै आएको अस्पतालले शुल्क वृद्धि गरी ५ हजार रुपैयाँ पुर्याएको थियो ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलको नेतृत्वमा अस्पतालको अनुगमन भएको हो ।  अनुगमन टोलीमा गण्डकी प्रदेश बजार अनुगमन समितिका सदस्य सचिव भरतमणि बराल, निर्देशनालयका वरिष्ठ अधिकृत प्रदीप रेग्मी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत रामनाथ ढकाल, उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइराला, स्वास्थ्य सेवा निर्देशनालयका अधिकृत दिवाकर पौडेल, उद्योग वाणिज्य मन्त्रालयका अधिकृत नेत्रप्रसाद पौडेल सहभागी थिए ।

सोमबारबाटै लागु हुने गरी शुल्क वृद्धि फिर्ता गर्ने प्रतिबद्धता अस्पताल प्रशासनले गरेको अनुगमनमा सहभागी एक सदस्यले आर्थिक आवाजलाई जानकारी दिए । ‘लकडाउनको समयमा मूल्य वृद्धि हुनु अस्पतालको कमजोरी थियो,’ उनले भने, ‘अब पुरानै शुल्कमा सेवा प्रदान गर्ने प्रतिबद्धता आएकोे छ ।’ मूल्य वृद्धि फिर्ता गर्न अनुगमन टोलीले आग्रह गरेको अस्पतालका प्रशासकीय प्रमुख त्रिभुवन पराजुलीले जानकारी दिए । अस्पताल सञ्चालक समितिको बैठक बसी थप निर्णय गरिने उनले बताए ।

कोरोना महामारीका बेला फेवासिटीको मनोमानी, इन्डोस्कोपी शुल्कमा असामान्य वृद्धि

 

You might also like

Comments are closed.