माछा ताजा राख्न प्रयोग गरिने फर्मालिनले मानव स्वास्थ्यमा दीर्घकालीन असर

काठमाडौं । तपाईँले खानु भएको माछा कत्तिको स्वस्थकर छ भन्ने बारेमा केही सोच्नु भएको छ ? छैन भने अब विचार गर्नोस्, बजारमा विक्रीका लागि राखिएको ठूला आकारका माछामा प्रयोग हुने फरमालिनले माछालाई लामो समयसम्म ताजै राखे पनि स्वास्थ्यका लागि हानिकारक छ ।

निर्वाधरुपमा भारतबाट आयातित ती माछा खाँदा जनस्वाथ्यमा दीर्घकालीन असर गर्ने हुँदा यसमा गम्भीर हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद्को अर्थ समितिले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा सांसद रामबाबु यादवले फरमालिन प्रयोग भएका माछाको आयात रोक्न आग्रह गरेका छन् । माछा तथा मासुजन्य परिकारलाई ताजै राख्न प्रयोग गरिने फरमालिनको खपतलाई निरुत्साहित गर्न जनचेतना अभिवृद्धि, प्रचलित कानूनको कार्यान्वयनमा सांसदहरुले जोड दिए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र आगामी आर्थिक वर्ष २०७८÷७९ बजेट तयारी सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा सांसद मेघमनी चौधरी, सरवत आरा खानम हलवाइनी र खुसीलाल यादवले उत्पादन वृद्धिका साथै स्वास्थ्यवद्र्धक वस्तुको आयातमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

मन्त्रालयका पशुपंक्षी विकास सचिव डा पे्रमनारायण कँडेलले नेपाल माछामा आत्मनिर्भर हुन लागेको धारणा बताउँदै गर्दा छलफलमा सहभागी सांसदले कृषिको आयात प्रतिस्थापनको योजनाका सम्बन्धमा विभिन्न प्रश्न गरेका थिए । उनले हालको जनसङ्ख्याको मागअनुसार पाँच लाख मेट्रिक टन माछा अपुग रहेको बताए । हाल विभिन्न जातका गरी एक लाख ३० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।

 

You might also like

Comments are closed.