अन्तर्राष्ट्रियस्तरको विद्यालयको अभावलाई पुरा गर्दै फिस्टेल एकेडेमी

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिस्टेल एकेडेमीले पोखरा १७ बिरौटामा अन्तर्राष्ट्रियस्तरको भौतिक सुविधासहित युग सुहाउँदो प्रगतिशील शिक्षामा फड्को मारेको छ । अन्तर्राष्ट्रियस्तरको विद्यालयको अभावलाई पुरा गरेको छ फिस्टेल एकेडेमीले ।

विद्यार्थीलाई गुणस्तरीय सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले पोखराका शिक्षा क्षेत्रमा दक्ष तथा अनुभवी व्यक्तिहरुद्वारा सन् १९९५ मा स्थापना गरिएको विद्यालय हो, फिस्टेल एकेडेमी । विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म पढाई हुन्छ ।

पोखरालाई शैक्षिक हवका रुपमा विकास गर्ने उद्देश्यका साथ स्थापना भएको यस विद्यालयले उत्कृष्ट सिकाइ अनुभवका साथ विभिन्न समृद्ध इतिहास रच्न सफल भएको छ । समग्र गण्डकी प्रदेश तथा यस आसपासका विद्यार्थी उत्कृष्ट शिक्षाका लागि अन्य शहरमा जान नपरोस भन्ने विद्यालयको उद्देश्य छ । जसका कारण आज धेरै विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्न सफल छ एकेडेमी ।

MANASLU

विद्यार्थीलाई आत्मविश्वासी बन्न प्रोत्साहन गर्दै सामाजिक सिप र व्यवहारिक ज्ञान प्रदान गरिरहेको विद्यालयले नैतीक, शैक्षिक, शारीरिक, सामाजिक र रचनात्मक विकास गराउँछ, भने लगनशील बन्न पनि सिकाउँछ ।

सुविधा सम्पन्न तथा स्तरीय भौतिक संरचना रहेको यस विद्यालयमा नवीनतम तथा आधुनिक विधि तथा पद्धतिको प्रयोगगरि शिक्षण गरिन्छ । विद्यार्थी केन्द्रित विधि तथा प्रविधि प्रयोग गरिन्छ । औपचारिक शिक्षासँगै अन्य गतिविधि पनि एकेडेमीमा संचालन हुने गरेका छन्, जसले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

आजको कम्प्युटर युगमा प्राविधिक शैलीमा विद्यालयको लक्ष्यलाई दरिलो साथै औचित्यपूर्ण सावित गर्न आफूहरु सदैव प्रयासरत रहेको बताउछन्, विद्यालयका अध्यक्ष तथा संस्थापक निर्देशक चिनु रानाभाट ।

एकेडेमीले त्यहीअनुसारको शिक्षा प्रदान गर्न काठमाडौं र बाहिरबाट शैक्षिक जनशक्ति ल्याएको छ । सक्षम तथा तालिम प्राप्त मानव स्रोत साधनबाट नै अहिलेको गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिने भएकाले त्यहीअनुसारको जनशक्ति व्यवस्थापन गरिएको रानाभाटले बताए ।

‘देश विदेशका सुविधा सम्पन्न र आधुनिक तबरबाट सञ्चालित विद्यालयमा काम गरिसकेका अनुभवी, दक्ष शिक्षक कर्मचारी र सोहीअनुसारको सेवा सुविधा हामीले प्रदान गरेका छौं,’ उनले भने । प्रगतिशील शिक्षा र सोहीअनुसारको शिक्षण सिकाइ स्रोत र साधनको व्यवस्थापनमा विद्यालय प्रशासन लागि रहेको पनि उनले बताए ।

बिरौटाको १८ रोपनी जग्गामा शैक्षिक तथा प्रशासकीय भवन र त्यसका अतिरिक्त २२ रोपनी जग्गामा खेल मैदान निर्माण गरिएको छ । जुन खेल मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ ।

एकेडेमीमा वातावरण अनुकुलित र फराकिला कोठा छन्, जसमा विद्यार्थीहरु ठेलमठेल गरेर बस्नुपर्दैन् । सबै कक्षा कोठा स्मार्ट र डिजिटल प्रविधियुक्त रहेका छन् । विद्यार्थीले कोर्स र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको छ । जसमा इ लाइब्रेरी छुट्टै छ । अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधा सम्पन्न हलसमेत बनाइएको रानाभाटले बताए । विज्ञान कम्प्युटर र अन्य विषयगत सिकाइका लागि सुविधा सम्पन्न प्रयोगशाला छन् । सिनियर र जुनियर लेभलका विद्यार्थीलाई छुट्टाछुट्टै कम्प्युटर ल्याबको पनि सुविधा छ । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय खानपान चाहिन्छ । यसैका लागि फिस्टेलले ओपन किचनसहित ४ सयभन्दा बढी विद्यार्थी अट्ने भोजनालयसमेत बनाएको छ ।

फिस्टेल एकेडेमी नेपालमा खेलाडी उत्पादन गर्ने विद्यालयमा अग्रस्थानमा पर्दछ । भलिबलका थुप्रै राष्ट्रिय खेलाडी फिस्टेलका उत्पादन हुन् । अहिले नयाँ शैलीको संरचनामा फिस्टेलले खेलकुदका लागि मनग्गे लगानी छ । मिनी ओलम्पिक आकारको स्विमिङ पुलका साथै बालबालिकाका लागि पनि छुट्टै स्विमिङ पुल बनाइएको छ । जसमा तातोपानी समेत रहनेछ । ठूला भवन र कोठा मात्र होइन स्वच्छ वातावरणका लागि खुला ठाउँ पनि चाहिन्छ । यसका लागि पर्याप्त ठाउँ छाडिएको र प्रत्येक कक्षा कोठाको बाहिर आवागनका लागि उस्तै गरि धेरै ठाउँ राखिएको छ । ‘वातावरणीय प्रदुषणबाट मुक्त नितान्त कोलाहलरहित वातावरणमा हामीले शिक्षा प्रदान गर्छौैं,’ रानाभाटले भने ।

आधुनिक शैलीमा बनाइएको भूकम्प प्रतिरोधात्मक विद्यालय भवनमा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था छ । हाल साइन्स र म्यानेजमेन्टमा १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका अन्य कक्षासमेत सञ्चालन गरिने रानाभाट बताउँछन् ।

You might also like

Comments are closed.