फिष्टेल एकेडेमीले सिर्जनात्मक एवम गुणस्तरीय शिक्षामा जोड दिएको छ : श्रेष्ठ

पोखरा । साहित्यकार एवम् नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठले फिस्टेल एकेडेमीले सिर्जनात्मक एवं गुणस्तरीयतामा जोड दिँदै गएको बताएका छन् । एकेडेमीले सरस्वती पूजाको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार श्रेष्ठले मानव केन्द्रित चाहना विद्याबाट प्राप्त हुने भएकाले सिर्जनात्मक रुपले सुविचार र चिन्तन प्रक्षेपण गर्नु अहिलेको आवश्यकता भएको बताए ।

पठन संस्कृतिको विकासमा जोड दिएर बौद्धिक ज्ञान आर्जन गर्न सकिने जनाउँदै फिस्टेलका विद्यार्थीले बुक क्लब गठन गरेर पुस्तक प्रदर्शनी गर्नु निकै सकारात्मक भएको धारणा राखे । सो अवसरमा श्रेष्ठले आफ्नो बालबालिका केन्द्रित पुस्तकहरु छिट्टै आउन लागेको पनि जानकारी दिए ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले फिस्टेल एकेडेमीले शैक्षिक र अतिरिक्त क्रियाकलापमा खेलेको भूमिका निकै प्रशंसनीय रहेको जनाउँदै शैक्षिक गुणस्तरका लागि आवश्यक पूर्वाधारमा फिस्टेल अग्रस्थानमा रहेको बताए ।

jutta mela

त्यस्तै, विद्यालयका संस्थापक सञ्चालक चिनु रानाभाटले विद्यालयले गुणस्तरीय शिक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित सिर्जनात्मक तवरले आधुनिक शिक्षा प्रणालीलाई अवलम्बन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले पोखराको फिस्टेल एकेडेमीले गुणस्तरीय शिक्षाका लागि काठमाडौंलगायत विदेशका विद्यालय खोजेर जाने सोचलाई बदल्न सफल भएको बताए । कक्षा १२ का विद्यार्थी प्राप्ति लम्सालले सरुभक्तलाई पहिलोपटक भेट्दाकोे अनुभव सुनाउँदै विद्यार्थीका लागि सरुभक्त प्रेरणाको स्रोत भएको बताए ।

सो अवसरमा विद्यालयले आयोजना गरेको खुला विद्यालय स्तरीय कविता प्रतियोगिताबाट उत्कृष्ट ५ मा पर्न सफल भानुभक्त आ. मा.वि. का अन्जना सुवेदी, सैनिक आवसीय मा.वि पोखराका प्रवीण ढकाल, श्री त्रिभुवन शान्ति नमुना मा.वि. का रश्मी गौतम, कुमुदिनी होम्स पोखराका रिया श्रेष्ठ, अञ्जुली आ.मा.वि. पोखराका सन्तोषी ढकालले आफ्नो उत्कृष्ट कविता प्रस्तुत गरेका थिए भने, उनिहरुलाई प्रमुख अतिथि र विद्यालय सञ्चालक चिनु रानाभाटले नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

निर्णायकको भूमिका साहित्यिक व्यत्तित्व शिव संकल्प, गोपाल खनाल, प्रकाश अधिकारी गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा गायनकला प्रस्तुत गरेका थिए भने विद्यालयका कार्यकारी निर्देशक दिनकर नेपाल, विद्यालय संयोजक गिताञ्जली राठौरले विद्यालयका शैक्षिक एवम् अतिरिक्त क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।

You might also like

Comments are closed.