आइएनजी ग्रुपले पोखरामा फिस्टेल माउन्टेन कलेज संचालन गर्ने

पोखरा । शैक्षिक क्षेत्रमा लगानी गरिरहेको इनोभेट नेपाल  (आइएनजी) ग्रुपले पोखरामा फिस्टेल माउन्टेन कलेज संचालन गर्ने भएको छ । कलेज संचालनसँगै पोखरामा सूचना प्रविधिको शिक्षामा नयाँ युगको शुरूवात हुने दावी गु्रपले गरेको छ ।

काठमाडौं पछि पोखरालाई फोकस गरे गु्रपले शैक्षिक क्षेत्रमा लगानी गरेको छ । यस अगाडि पोखरामा इन्फम्याटिक्स कलेज सञ्चालन गरेको यो समूहले नयाँ कलेज सञ्चालनको तयारी गरेको हो । अत्याधुनिक सेवा सुविधासहित कलेज सञ्चालन हुनेछ ।

अब अन्तराष्ट्रियस्तरको आइटी शिक्षा पोखरामै अध्ययन गर्न सकिने आइएनजीका ग्रुप अध्यक्ष सुलभ बुढाथोकी बताउँछन् । नयाँ कलेजको सञ्चालनसँगै पोखराको शिक्षामा नयाँ युगको सुरुवात हुने उनले दावी गरे । गु्रपले ८ ओटा कलेज संचालन गरिरहेको छ । टेक्नोलोजीमा आधारित विषय अध्यापन गर्नका लागि गु्रपले खोलेका कलेज उत्कृष्ट बनेका छन् भने विद्यार्थीको रोजाइमा पर्दै आएका छन् ।

इङ्स्टिलटन कलेज, हेराल्ड कलेज, इफमेटिक्स कलेज पोखरा, इटहरी इन्टरनेशनल कलेज, विराटनगर इन्टरनेशनल कलेज, काब्य स्कुल, एपेक्स कलेज, आइएनजी कलेज अफ इनोभेसन एण्ड लिडरसिप संचालमा छन् भने पोखरामा फिस्टेल माउण्टेन कलेज संचालनको तयारीमा गरिएको हो । यस ग्रुप अन्तर्गतका विभिन्न कलेजमा हाल १२ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

 

You might also like

Comments are closed.