वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले  वैशाख ३० गते सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जानकारी दिएको छ ।

सङ्घले आज एक विज्ञप्ति जारी गरी मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जानकारी दिएको हो ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।

यही बैशाख ३० गते स्थानीय निर्वाचनको मतदान हुदैँछ ।

 

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...