फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा पुस २१ बाट काठमाडौंको भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुँदैछ । प्रदर्शनी आयोजना गर्नुको उद्देश्यसहित विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजसँग कुराकानीः
अन्तर्राष्ट्रिय फुटवेयर प्रदर्शनी केका लागि आयोजना गर्नुभएको हो ?
विशेषतः नेपालमा नेपाली भएका बाँच्नका लागि अब ‘नेपालको धन, स्वदेशी उत्पादन’ भन्ने कुरालाई मनन गरिएन भने बस्न र बाँच्न नसकिने भइरहेको अवस्थामा हामीले ‘१६औँ अन्तराष्ट्रिय फुटवेयर प्रदर्शनी’ गरिरहेका छौं । पहिला हामीले जुत्ता चप्पल मात्रै प्रदर्शनी र बिक्री वितरण गथ्र्यौं । यसमा हामीले जुत्ताका प्रविधिहरु, जुत्ताका र–मेटेरियल्सहरु, मेसिन औजारहरु लगायतका कुराहरुमा विक्रेता र उपभोक्तालाई जानकारी दिने विदेशमा अहिले चलेका टेक्नोलोजीहरुलाई नेपालमा भित्र्याउने, विदेशमा अहिले चलेका हाइयर लेवलका प्रिमियम क्वालिटीका र–मेटिरियल्सहरु यदी नेपालमा छैन भने त्यो नेपालमा भित्र्याउने र त्यसबाट हाइयर लेवलको विश्व बजारलाई प्रतिस्पर्धा गर्न सक्ने क्वालिटीका जुत्ता चप्पल उत्पादन गरेर नेपाली ब्रान्ड र नेपाली उत्पादनले विश्व बजारका उपभोक्ताको मन जित्ने उद्देश्य र ध्येयका साथ यो अन्तर्राष्ट्रिय लेभलको मेला सुरु हुँदैछ ।
जुत्ता बिक्री गर्नका लागि आयोजना हुने अन्य मेला र यो प्रर्दशनीमा खास अन्तर के छ ? उपभोक्ताले एउटै रुपमा त लिँदैनन् ?
हामीले अरु बेलामा प्रदर्शनी हुने व्यापार मेलाहरु ती नितान्त व्यापारका लागि, उत्पादित वस्तुहरु विक्री वितरणका लागि गरिने मेला थिए भने यो विजनेश टु विजनेश (बीटुबी) भएका कारण यसमा आफ्ना विषयमा, आफ्नो उत्पादनको प्रविधिका विषय, मेटेरियल्स, क्वालिटी, मोडेल, फेसनका विषयमा व्याख्या गर्ने विशेषत विक्रेताहरुलाई लक्षित गरेर डिलर बनाउने, फ्रेन्चाइज शोरुमहरु बनाउने, होलसेलरहरुलाई भएका कारण यो आकाश र धर्तीको फरक छ । यसबाट नेपाली उत्पादन र नेपाली ब्राण्डहरुको स्थायीरुपमा बजार स्थापित हुन्छ भन्ने हाम्रो विश्वास छ ।
प्रदर्शनीबाट नेपाली स्वदेशी ब्राण्डका उद्योगहरु कसरी लाभान्वित हुन्छन् ?
हामीले नेपालभरीका र बाहिरका पनि कोसिस गरिरहेका छौं । नेपालभरीका होलसेलर, रिटेलर, डिलर, डिष्ट्रिव्यूटरहरु एकै ठाउँमा आउने भएका कारण आफ्ना सामान, उत्पादित वस्तुहरु प्रदर्शनी गरेको रेसियोमा उहाँहरुले आफ्ना डिलरहरु थप्न बढाउन, शोरुमहरु थप्न बढाउन र विक्रेताहरुलाई संगठित गराउन सक्नुहुनेछ नेपाली उत्पादकहरु र नेपाली जुत्ता उद्यमीहरुले यसबाट धेरै भन्दा धेरै फाइदा लिनुहुनेछ भन्ने हाम्रो अपेक्षा हो ।
Comments are closed.