काठमाडौं । अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा हालै ठूलो धनजनको क्षतीप्रति नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ । विपदमा ज्यान गुमाउनेप्रति महासंघले श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा शोक व्यक्त गरेको छ ।
साथै महासंघले बाढीपहिरोमा परी घाइतेको सिघ्र स्वास्थ लाभको कामना गरेको छ । विपदको यस घडिमा जिल्ला उद्योग वाणिज्य संघमार्पmत अति प्रभावित जिल्लालाई १/१ लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ ।
महासंघका सदस्य, जिल्ला उद्योग वाणिज्य संघमार्पmत सो रकम राहतका लागि उपयोग गरिनेछ । विपदको समयमा आ आफ्नो तर्पmबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत जिल्ला, नगर, उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघ एवं सबै उद्यमी व्यवसायीलाई पनि महासंघले आग्रह गरेको छ ।
यसैगरी बाढिपहिरोका कारण विभिन्न स्थानमा यातायात अवरुद्ध भएकाले अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघको सबै सदस्यमा आह्वान छ । उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा सो सामाग्री उद्धार कार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघले सबैलाई जानकारी गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।
Comments are closed.