उमेश डाल्मिया, सभापति, व्यापार मेला समिति, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले १० औँ संस्करणको रुपमा यहीँ बैशाख २५ देखि २९ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दैछ । यस व्यापार मेलालाई महासंघले इभेण्टको रुपमा लिएको छ । महासंघबाट हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला भइरहेको छ ।
बंगलादेश, चीन, भारत, पाकिस्तान लगायतका देशबाट व्यापार मेलामा सहभागीता रहनेछ । मेलामा करिव ३५० वटा स्टल रहने हाम्रो अनुमान छ । नेपालका सबै उत्पादनहरु मेलामा राखिने भएकाले ग्राहकले रेडिमेट देखि लिएर नेपालका उत्पादनहरु खरिद गर्ने, अवलोकन गर्न पाउनुहुनेछ । करिव २० हजारले मेला अवलोकन गर्ने र मेला अवधीभर १० करोड बराबरको कारोबार हुने हाम्रो अनुमान छ ।
आगामी वर्ष ११ औँ संस्करणको रुपमा लुम्बिनीमा मेला आयोजना गर्ने तयारी पनि छ । निर्यातलाई बढावा दिन, पर्यटनलाई टेवा पुग्ने र नेपाली उत्पादन बाहिर निर्यात गर्ने सोँच लिएर नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलालाई बिस्तार गर्दै अब लुम्बिनीमा गर्ने महासंघको योजना छ । काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न ठाउँ साँघुरो छ ।
फराकिलो तरिकाबाट बाहिरका व्यापारीलाई ठूलो संख्यामा नेपाल भित्र्याउन व्यापार मेलाका लागि लुम्बिनी उपयुक्त ठानेका छौँ । अर्कोतर्फ भृकुटीमण्डपमा सरसफाई नहुनुु, व्यापार मेलाका लागि आवश्यक पर्ने सुबिधा नहुँदा समस्या भइरहेको छ । अब नयाँ मोडेलबाट व्यापार मेला गर्नुपर्छ भन्ने छ । व्यापार, व्यवसाय कम रहेको यस परिस्थितीमा यसलाई चलायमान बनाउन अहिले यहाँ हुने व्यापार मेलाले सघाउ पु¥याउनेछ ।
Comments are closed.