अञ्जन श्रेष्ठको प्यानलबाट अरुणराज, ज्योत्सना र मनिसपाल उपाध्यक्ष उम्मेदवार

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी अञ्जन श्रेष्ठले उम्मेदवारी दिदैछन् । श्रेष्ठको प्यानलबाट अन्य उपाध्यक्ष उम्मेदवारसमेत घोषणा भएको छ । चैत २८ र २९ गते हुने महासंघको साधारणसभामा हुँदैछ ।

श्रेष्ठले युवालाई प्राथमिकतामा राख्दै आफ्नो टिम बनाएका छन् । मंंगलबार एक कार्यक्रमबीच श्रेष्ठले उपाध्यक्ष उम्मेदवारहरु सार्वजनिक गरेका हुन् । ‘महासंघमा युवा पुस्ताको माग छ,’ उनले भने, ‘सम्पूर्ण निजी क्षेत्रको भावनालाई समेट्ने गरी हाम्रो टिम बन्दैछ ।’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ बर्तमान कार्यसमितिमा वस्तुगत उपाध्यक्ष भएर काम गरिरहेका छन् ।

श्रेष्ठको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा मनिसलाल प्रधान उम्मेदवार बन्दैछन् । केही समयपछि औपचारिक रुपमा प्यानल घोषणा गर्ने श्रेष्ठको तयारी छ ।

अघिल्लो पटक वस्तुगत उपाध्यक्षमा विजयी भएदेखि नै अञ्जनले वरिष्ठ उपाध्यक्षको उम्मेदवारीका लागि तयारी गरेका थिए । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जनसँग ३ दशकभन्दा बढी व्यावसायिक क्षेत्रमा सक्रिय रहेको अनुभव छ । महासंघमा पनि विभिन्न पदमा रहेर उनले डेढ दशकसम्म काम गरिसकेका छन् । उनी नाडाको पूर्व अध्यक्षसमेत हुन् ।

You might also like

Comments are closed.