wada auto show

प्रभात ब्राण्डको मोहीमा आकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रले आयोजना गरेको एग्रो इन्भेस्टमेन्ट समिट सेरिज दुईको उद्घाटन समारोहमा प्रभात ब्राण्डको मोहीले चर्चा पाएको छ । नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानलाई अवलम्वन गर्दै कार्यक्रममा सहभागीलाई मोही सेवन गराइएको छ ।

कृषिमन्त्री रामनाथ अथिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, कृषि मन्त्रालयकी सह–सचिव सबनम सिवाकोट, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत, कृषि उद्यम केन्द्रका बोर्ड सदस्यहरु, नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्ती, विभिन्न वस्तुगत संघका अध्यक्षहरु, कृषिसँग सम्बन्धित निकायका विभिन्न व्यक्तिले मोही सेवन गर्दै अहिलेको आवश्यकता भनेकै स्थानीय उत्पादन रहेकोमा जोड दिएको एसोसिएसनका बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए ।

नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही सेवन अभियानले काठमाडौंका विभिन्न कार्यक्रममा सहभागी दर्शकको मन जितेको छ । सहभागीले मोही सेवन गर्दै स्थानीय तथा कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । यस अभियानले सकारात्मक प्रतिक्रिया पाएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं कृषि उद्यम केन्द्रका बोर्ड सदस्य प्रल्हाद दाहालले जानकारी दिए ।

कार्यक्रममा सहभागी कृषि मन्त्री अधिकारीले खुशी हुँदै मोही सेवन गरेको र मोहीलाई हरेक कार्यक्रममा प्रयोग बढाउँदै जानुपर्ने बताएपछि थप उत्साह मिलेको कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले बताए । कार्यक्रममा सहभागीले दिएको हौसलाले व्यवसायमा उत्साह थपेको डेरीका कार्यकारी निर्देशक सुरेश तिमल्सिनाले बताए । नवप्रभात डेरी उद्योगले बिगत लामो समयदेखि दूध, दहि, घ्यू, बटर, पनिर लगायतका वस्तु उत्पादन गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.