कृषिको प्रचार–प्रसारको दरिलो आधार भनेकै व्यापार मेला हो

राजकुमार कार्की
सह–सभापति, कृषि उद्यम केन्द्र तथा केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि चीन, भारत, बंगलादेश, पाकिस्तानबाट स्टल बुकिङ भइसकेको छ । हामीले व्यवसायीलाई सहज होस् भनेर गत चैत ११ गतेबाट नै स्टल बुकिङ खुल्ला गरेका हौँ ।

मेलामा हस्तकला, विद्युत्तीय चारपांग्रे गाडी, कृषि लगायतका विभिन्न सामान राखिनेछ । बिशेषगरी मेलामा कृषि क्षेत्रसंग सम्बन्धित स्वदेशमा आत्मनिर्भर, विदेशमा निर्यात हुने खालका सामग्री मेलामा रहन्छन् । कृषिको प्रचार–प्रसारको दरिलो आधार भनेकै व्यापार मेला हो । अदुवा, अलैँची, कुँचो, रुद्राक्ष, डेरीजन्य सामग्री बाहेक अन्य निर्यात हुन सकेको छैन ।

नेपालको अर्थतन्त्रलाई मजबुत र समृद्ध बनाउन कृषि क्षेत्रलाई प्राथमिता दिनुपर्दछ । नेपालबाट बाहिर अदुवा, अलैँची, कुँचो, रुद्राक्ष, डेरीजन्य सामग्री बाहेक अन्य उत्पादन निर्यात हुन सकेको छैन । उत्पादन भएका वस्तुले पनि बजार नपाएको अवस्था छ । बजार नपाउँदा किसान निराश भएका छन् ।

बजार नपाएकै कारण उत्पादन भइरहेका वस्तु पनि किसानले हिजोआज उत्पादन गर्न छाड्दै गएका छन् । उत्पादन बृद्धि, व्यवसायीलाई आत्मनिर्भर बनाउन र निर्यात बढाउने सोँचले मेला आयोजना गरेका हौँ । यसले सकारात्मक भूमिका खेल्नेछ । बिगतमा भएका मेलामा राखिाएका कृषिजन्य सामग्रीबाट राम्रो प्रभाव परेको छ । कृषि उत्पादनलाई अब विविधिकरण गरेर लैजानुपर्छ ।

You might also like

Comments are closed.

Secret Link