सबिन श्रेष्ठ, उपसभापति, व्यापार मेला समिति, नेपाल उद्योग वाणिज्य महासंघ
काठमाडौंको भृकुटीमण्डपमा वैशाख २५ देखि २९ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेका छौं । स्वदेशी सामानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले बाहिरका व्यापारीलाई अवसर दिदै व्यापार मेला सञ्चालन गर्दैछौं ।
विदेशीको तुलनामा नेपाली व्यवसायी इच्छुक देखिदैनन् । व्यापार, व्यवसाय चलायमान हुन नसक्दा यहाँ हुन गइरहेको मेलाका लागि नेपालका व्यवसायी उत्साहित भएका छैनन् । पहिला–पहिला व्यापारी, अवलोकनकर्ता यहाँ आयोजना भएका मेलामा आउन धेरै उत्सुक हुन्थे ।
अहिले भने पहिलाजसो मेला अवलोकन गर्ने तथा मेलामा व्यापारीहरु आउन तत्पर देखिदैनन् । विदेशीहरु यहाँ आयोजना हुन लागेको मेलामा आउने तयारीमा छन् । व्यापार, निकासी राम्रो नहुँदा नेपालीहरु भने तत्पर छैनन् । भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको मेला गर्न अप्ठ्यारो छ । काठमाडौंमा अब अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलाका लागि अन्यत्र ठाउँको विकल्प खोजिनुपर्छ ।
भृकुटीमण्डपमा साँघुरो ठाउँ, पार्किङ समस्या, पानी पर्दा सामान भिज्ने, बिग्रने, फोहोर जस्ता समस्याले व्यापार मेला गर्न अप्ठ्यारो छ । राष्ट्रियस्तरका मेला आयोजना भएपनि अन्तर्राष्ट्रिय स्तरको मेला आयोजनाका लागि भृकुटीमण्डप उपयुक्त छैन ।
Comments are closed.