काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले पाँचौं वार्षिक साधारण सभा मनाएको छ । एलिस कन्फरेन्स पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा साधारण सभा भएको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिएको छ । फोनपेको शेयरधनीलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय भएको छ ।
साथै, आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि एनबिएसएम एण्ड एसोसिएटलाई नै नियुक्ति गर्ने निर्णय गरेको जनाइएको छ ।
Comments are closed.