बुटवल । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरुवात गरेको छ । बिहीबार बुटवलको डि क्राउन इनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकलाई सेवा पु¥याउँदै आएको छ । कम्पनीले हालै ʻवानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ जसले किराना तथा अन्य उपभोग्य वस्तुको तुरुन्त डेलिभरी गर्दछ ।
बुटवलमा आयोजित उद्घाटन कार्यक्रममा फुडमाण्डुकी ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले अब बुटवलवासीले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सकिने बताइन् । बुटवल र आसपासका क्षेत्रका ग्राहकलाई सेवा प्रदान गर्न निकै उत्सुक रहेको जनाइन् ।
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बुटवलमा फुडमाण्डुको सेवा विस्तार गर्नु हाम्रो लागि एक महत्वपूर्ण उपलब्धि रहेको बताए । पार्टनर रेस्टुरेन्टको बलियो सञ्जाल र गुणस्तरीय सेवाप्रति प्रतिबद्धतासहित बुटवलका बासिन्दालाई उत्कृष्ट फुड डेलिभरी अनुभव प्रदान गर्नेछ ।
फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गरिसकेको छ । यी रेस्टुरेन्टमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ । रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजना अनुसार बुटवलवासीले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।
बुटवल लन्चको खुसीयालीमा फुडमाण्डुले HiButwal प्रोमो कोड सार्वजनिक गरेको छ । यो प्रोमो कोड मार्फत बुटवलका ग्राहकले फुडमाण्डु एप प्रयोग गरी प्रत्येक अर्डरमा ३० प्रतिशत (अधिकतम रु.२५० सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर माघ महिनाभरका लागि लागू हुनेछ ।
Comments are closed.