काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको छ ।
गुणस्तरीय खानाको डेलिभरीमार्फत फुडमाण्डुले ग्राहकलाई सरलता र खुशी प्रदान गर्दै आएको छ । यसै प्रतिबद्धतालाई निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवामार्फत आफ्ना ग्राहकको ‘लाइफ अझै बेटर’ बनाउने विश्वासलाई दर्शाउँछ ।
फुडमाण्डुकी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले खाना डेलिभरी मात्र नभई सो खानामार्फत ग्राहकसम्म सहजता र खुशी पनि पुर्याउने गरेको बताइन् ।
आज फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना पुर्याउने काम गरिरहेको छ ।फुडमाण्डुको १ हजार बढी रेस्टुरेन्टसँग साझेदारी छ ।
यसका साथै फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकको दैनिक आवश्यकता पर्ने सामानका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिदै आएको छ ।
Comments are closed.