फुडमाण्डुको १५ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको छ । सुरुआतमा सानो स्टार्टअपका रूपमा सुरु भएको फुडमाण्डुले आज १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ ।

कम्पनीले नेपालभरका थुप्रै ग्राहक र रेस्टुरेन्टहरूलाई जोड्दै एक परिचित ब्राण्डको रूपमा आफूलाई स्थापित गराइसकेको छ । हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलका हजारौँ रेस्टुरेन्टसँग साझेदारी गरी धेरै डेलिभरी राइडरहरूका लागि रोजगारीको अवसर समेत सिर्जना गरेको छ ।

वार्षिकोत्सवको अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले पन्ध्र वर्षअघि ग्राहकलाई घरमै मनपर्ने खाना सजिलै पाउने सोँचका साथ फुडमाण्डुको सुरुआत गरेको जनाए । उनका अनुसार यो उपलब्धि फुडमाण्डुका रेस्टुरेन्ट पार्टनर्स, समर्पित राइडरहरू र ग्राहककै कारण सम्भव भएको हो ।

कम्पनीले अझ बढी रेस्टुरेन्टहरू जोड्ने, भरपर्दो डेलिभरी सेवा दिने, अर्डर प्रक्रिया सजिलो बनाउने र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार उपलब्ध गराउने लक्ष्य राखेको छ । फुडमाण्डुकी ब्राण्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले पहिलो दिनजस्तै उत्साहका साथ ‘खानासँगै खुसी’ डेलिभरी गर्ने प्रतिबद्धतामा निरन्तर काम गरिरहेको बताइन् ।

१५औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले कात्तिक २५ देखि मंसिर १४ गतेसम्म विशेष अफर ल्याएको छ । यसअन्तर्गत काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टहरूमा विभिन्न परिकारमा छुट उपलब्ध हुनेछ ।

हाल फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टमार्फत काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलमा सेवा दिइरहेको छ । साथै फुडमाण्डु वनमार्टमार्फत दैनिक उपभोग्य सामग्रीको तत्काल डेलिभरी सेवा पनि प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.