रौतहटमा आयोजित फुटसल प्रतियोगिताको उपाधि हिमाली बास युवा क्लबलाई

रौतहट । हिमाली बास फुटसल युवा क्लबद्वारा आयोजित प्रथम गाउँ स्तरीय फुटसाल प्रतियोगिताको उपाधि युथ स्टार हिमाली बास युवा क्लब निलोले जितेको छ ।

रौतहटको फतुवा विजयपुर–११ स्थित खेल मैदानमा भएको फाइनलमा हिमाली बास फुटसल युवा क्लब रातोलाई युथ स्टार हिमालीबास युवा क्लब निलोले ३–२ गोलले पराजित गर्दै च्यायम्पियन बन्यो । युथ स्टार हिमाली बास युवा क्लबका दिवस श्रेष्ठले २ र विवस श्रेष्ठले १ गोल गरे भने हिमालिबास फुटसल युवा क्लबका मादुले र सरोज भुजेलले १–१ गोल गरे ।

प्रतियोगितामा युथ स्टारका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पनि प्राप्त गरेका छन् साथै नगद १५०० नगद पुरस्कार हात पारे ।

उपाधिसंगै युथ स्टारले १२ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल हात पारेको छ । हिमालिबास फुटसल युवा क्लबले प्रमाणपत्र र मेडल हात पार्न सफल भयो ।

विजेतालाई प्रमुख अतिथि पवन तिमल्सिना र सभापति डा. अर्जुन श्रेष्ठले दुवै टिमलाई पुरस्कृत गरे । दशैँको फूलपातीदेखि सुरु प्रतियोगितामा ४ टिम सहभागी थिए । प्रतियोगितामा अम्पायरको भूमिका समिर भुजेलले गरेका थिए भने साइड अम्पायरको रुपमा अनिल श्रेष्ठ रहेका थिए । कार्यक्रमको सञ्चालन युवा समाजसेवी एन के शरदले गरेका थिए ।

You might also like

Comments are closed.