स्वदेशी जुत्ता प्रदर्शनीको नाममा गरिने जुत्तामेला प्रति एशोसिएसनको विमती

काठमाडौं ।  स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महिना संचालन गरिने जुत्ता मेलाप्रति फुटवेयर म्यानुफ्याक्चररर्स एशोसिएसनले विमती जनाएको छ । यस्ता मेलालाई निरुत्साहित गर्न छलफल  पश्चात एशोसिएसनका सदस्य सहमत रहेकोमा पछिल्लो समय केही उद्योगी व्यवसायीले सहमती विपरित पुनः जुत्ता मेला संचालन गरेको मा एसोसिएसनको गम्भिर ध्यानकर्षण भएको विज्ञप्तीमार्फत जनाइएको छ ।

आफ्ना उत्पादनलाई सोझै उपभोक्तकाबीचमा लैजान तथा विभिन्न कारणले सुस्ताएको आर्थिक गतिविधी चलायमान बनाउन विभिन्न प्रकारका मेला तथा एक्स्पो संचालन गरिने एशोसिएसनले बताएको छ ।

बाह्रै महिना दोकानका रुपमा संचालन गरिने यस्ताखालका मेलाले औद्योगिक प्रर्दशनीलाई खल्लो बनाउने तथा उत्पादनको लोकप्रियतामा समेत आच आउने भएकोले यस्ता गतिविधमिा संलग्न नहुन पनि एशोसिएसनले आग्रह गरेको छ । यस्ता मेलामा एशोसिएसको संलग्नता नरहेको बताइएको छ ।

jutta mela

उद्योगी व्यवसायीको हित र स्वदेशी उत्पादनको प्रर्वद्धनकालागि एशोसिएसनको आयोजनामा  काठमाडौं उपत्यकामा वर्षमा २ पटक उद्योगीलाई समेटेर बिजनेस एक्स्पो र अन्तर्राष्ट्रियस्तरको  ओद्यौगिक प्रर्दशनी पनि १ पटक संचालन हुने गरेको बताइएको छ ।

 

You might also like

Comments are closed.