काठमाडौं । काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ फागुन १ गते सोमबारसम्म चल्ने भएको छ ।
यसअघि आइतबारसम्म मात्रै चल्ने भनिएको मेला ग्राहकहरुको आकर्षणलाई मध्यनजर गर्दै थप एक दिन लम्ब्याइएको आयोजक सबिन कार्कीले बताए । मेलामा हरेक ब्राण्डका जुत्ता चप्पलहरु उपलब्ध छन् । मेलामा आइसकेका कुनै पनि ग्राहकले ब्राण्ड र मूल्यकै कारण फर्किनु नपर्ने आयोजक कार्कीले बताए ।
विशेषगरी जाडो मौषम र विवाह तथा शुभमुर्हतलाई लक्षित गरी आयोजना गरिएको मेलामा भोलि अन्तिम दिन ग्राहकहरुलाई भारी छुटको व्यवस्था गरिएको कार्कीले बताए । उनले भने, ‘हामीले ग्राहकको सुविधाका लागि सामानअनुसार १० देखि करिब ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका थियौं । भोलि मेलाको अन्तिम दिन भएकाले भारी छुट प्रदान गरेका छौं । मौका नगुमाउनु होला ।’
विभिन्न ब्राण्डका आकर्षक जुत्ता चप्पलहरु एकै स्थानमा पाउने भएपछि मेलाप्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको अर्का आयोजक गंगा श्रेष्ठले बताए । ‘हामीले ग्राहकहरुको सुविधाका लागि हरेक ब्राण्डका जुत्ता चप्पल एकै छानामुनी पाउने व्यवस्था गरेका छौं । मेलामा आइसकेका ग्राहकले मूल्य र ब्राण्डका कारण फर्किनु पर्दैन,’ श्रेष्ठले भने, ‘यहाँ हरेकका लागि सुहाउदो किसिमका जुत्ता चप्पल उपलब्ध छन् ।’
मेलामा करिब १ हजार प्रकारका जुत्ता चप्पलहरु उपलब्ध रहेको आयोजक श्रेष्ठले बताए । मेलामा हाइलाइफ, बाम्बो, वान वर्ल्ड, शिखर, फुट स्टेप, प्राइड, बोस र भेनसलगायतका ब्राण्डको सहभागिता रहेको श्रेष्ठले बताए ।
Comments are closed.