व्यवसायी थापाले पोखरा जेसिजलाई दिए एम्बुलेन्स चलाउन फेरि अर्को जिप

पोखरा । पोखरा जेसिजले कोरोना महामारीको समयमा बिरामीलाई हस्पिटलसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको छ । पोखरा जेसिजले फोर्स जिपबाट एम्बुलेन्स सेवा सुरु गरेको हो । फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरा जेसिजलाई एम्बुलेन्स सेवाका लागि जिप निःशुल्क प्रदान गरेको छ ।

प्रालिका अध्यक्ष ध्रुव बहादुर थापाले पोखरा जेसिजका अध्यक्ष किरण केसीलाई बुधबार एम्बुलेन्स हस्न्तान्तरण गरेका हुन् । ‘कोभिड संक्रमण बढिरहेको बर्तमान अवस्थामा बिरामीलाई ओसारपोसार गर्न एम्बुलेन्सको आवश्यकता बढिरहेको छ,’ उक्त अवसरमा बोल्दै थापाले भने, ‘फोर्स जिपबाट प्रदान हुने एम्बुलेन्स सेवाबाट धेरै बिरामी तथा सर्वसाधरण लाभान्वित हुने हामीले अपेक्षा गरेका छौं ।’ फोर्स मोटर्सका जिपबाट पोखरा तथा आसपासका क्षेत्रमा एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्न पाउँदा खुसी लागेको अध्यक्ष केसीले बताए । सो अवसरमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको पनि उपस्थिति थियो ।

यस अगाडि प्रालिले २ वटा जिप नेपाली काँग्रेस कास्कीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न हस्तान्तरण गरिसकेको छ । लेखनाथमा बन्ने कोभिड हस्पिटलका लागि पनि प्रालिले थप जिप सहयोग गर्ने घोषणा गरिसकेको छ । कोभिड महामारीको समयमा निजी क्षेत्र लगायता सबैको योगदान हुनुपर्ने थापा बताउँछन् ।

jutta mela

अटो तथा पर्यटन व्यवसायी थापा लायन्सका पूर्व गभर्नरसमेत हुन् । थापाले आफू लायन्सको गभर्नर हुँदा फोर्स मोटर्सका करिब एक करोड रुपैयाँ बराबरका ३ वटा अत्याधुनिक एम्बुलेन्स गण्डकी, धौलागिरी र बागमती क्षेत्रमा चलाउने गरी सहयोग गरेका थिए । जुन एम्बुलेन्सले अहिलेसम्म पनि सेवा पुर्याइरहेका छन् ।

र यो पनि,

कोभिडका बिरामी बोक्न फोर्सका जिप सहयोग

पोखराबाट उदाएर राष्ट्रियस्तरमा चम्किएका ध्रुव

 

You might also like

Comments are closed.