फोर्स मोटर्सको अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखरामा

पोखरा । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई बिक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्टपूर्जाहरुको सेवा दिने उद्देश्यले सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सोमबार संयुक्त रुपमा रिबन काटी उद्घाटन गरे ।

अगाडि चाउथेमा फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधा सहित गाडी मर्मत गर्न सक्नेछन् । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए ।

बिगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री वितरण गर्दै आइरहेको छ ।

फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् । काठमाण्डौंको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्र तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरु समेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको बताइएको छ । केही समय अघि मात्रै गुर्खा जिप नेपाली बजारमा ल्याएको थियो ।

You might also like

Comments are closed.