फोर्स मोटर्सले ल्यायो नयाँ वर्ष अफर

पोखरा । नयाँ वर्ष २०७८ लाई लक्षित गरी फोर्स मोटर्सले विशेष अफर सार्वजनिक गरेको छ । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ वर्षको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखी अफर ल्याएको हो ।

‘सिट, क्षमता, माइलेज र इन्जिन शक्तिमा सधैं टपर, आयो फोर्स मोटर्सको नयाँ वर्ष-२०७८ को अफर’ नारासहित फोर्सले अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत FORCE TRAX CRUISER खरिदमा ग्राहकले १ लाख ५० हजार रुपैैयाँ नगद छुट पाउनेछन् । त्यसैगरी १ वर्षको फुल इन्स्योरेन्स र १ वर्षको कर निःशुल्क हुने कम्पनीले जनाएको छ । देशभर रहेका फोर्स मोटर्सका शोरुममा यो अफर लागु हुने हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

FORCE TRAX CRUISER मा Mercedes derived engine, Highest Seating Capacity (14 Seats), Highest Ground Clearance, 3 years/3 lakh K.M. Warranty, Powerful and Durable Drivelines, Spacious Seating Arrangement, Luxury Seats लगायतका विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

jutta mela

त्यसैगरी FORCE TRAVELLER T26 को खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुट, १ वर्षको फुल इन्सुरेन्स् र १ वर्षको कर छुट पाउन सकिनेछ । यो गाडीमा Mercedes Derived Engine, ABS with EBD Braking System, Monocoque Body, Spacious Interior, Roof Top AC (In AC variant), Powerful 3245CC engine,  26+D Seating Capacity लगायतका विशेषताहरु छन् ।

साथै FORCE TRAX KARGO KING को खरिदमा ५० हजार रुपैयाँ छुट प्रदान हुने बताइएको छ । १ वर्षको फुल इन्सुरेन्स् र १ वर्षको कर निःशुल्क हुनेछ ।  FORCE TRAX KARGO मा Mercedes Derived Engine, Highest Ground Clearance, 3 years/3 lakh K.M. Warranty, Least Maintenance Cost, Powerful and Durable Drivelines, Highest Mileage, 3-Side Cargo Box Opening लगायतका विशेषताहरु छन् ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरिधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौंडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ । चितवनको भरतपुर, झापाको विर्तामोड, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडीहरु बिक्री वितरण भइरहेका छन् । यी शोरुममा बिक्री पछिका सेवाहरु सहितको सुविधा रहेको हिमालय अर्गनाइजेसनका महाप्रवन्धक मनोज इटनीले बताए । ‘नेपाली बजारमा फोर्स मोटर्सका गाडीहरु लोकप्रिय छन्,’ उनले भने । सहज फाइनान्स सुविधासहित फोर्सका गाडी नेपाली बजारमा बिक्री भइरहेको उनले बताए ।

You might also like

Comments are closed.