काठमाडौं । डोङफेङ फरथिङले नयाँ एसयूभी बिक्री सुरू गरेको छ । ब्याट्री इलेक्ट्रीक कम्प्याक्ट एसयूभी डिजाइनमा ‘फरथिङ सिङहाइ एक्स–फाइभ’ नामक मोडलको बिक्री थालेको हो ।
फरथिङको नयाँ एसयूभीको सुरूवाती मूल्य २१ हजार अमेरिकी डलर तोकिएको छ । सिङहाइ एक्स–फाइभको एक्सटेरियरमा भर्टिकल हेडलाइट, स्लीम एलईडी डीआरएल, क्लोजअफ फ्रन्ट ग्रिल पाउन सकिन्छ ।
एसयूभीको साइडमा ब्ल्याक आउट डोरफ्रेम र १७ इन्चको अलोय ह्वील रहेको छ । नयाँ एसयूभीको इन्टेरियरमा ब्ल्याक र अरेन्ज कलरको इन्टेरियर दिइएको छ । लेदरेट सिट कभर लगायतका अपहोस्टे पाउन सकिने एसयूभीमा फुल फोल्ड डाउन फङ्सन भएको रियर सिट छ ।
त्यस्तै अटोमेटिक एसी, टायरप्रेसर मोनिटरिङ सिस्टम, १३ इन्चको सेन्टर कन्ट्रोल स्क्रीन, ड्युल जोन भोइस कन्ट्रोल, कारलिङ, कारप्ले, हुवावे हाइकार र कार लाइफ प्लस जस्ता कनेक्टिभिटी दिएको छ । फरथिङले यो एसयूभीमा १२० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर दिएको छ । साथै, ६४.४ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक पाउन सकिन्छ ।
कम्पनीका अनुसार यसको सीएलटीसी रेन्ज ५३० किलोमिटर रहेको छ । फरथिङ ब्राण्डको फ्राइडे एसयूभी अहिले नेपाली बजारमा पनि बिक्री हुँदै आएको छ । लक्ष्मी इमोबिलिटीले बिक्री गर्ने फरथिङ फ्राइडे पनि साउन अन्तिममा भएको नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको हो ।
Comments are closed.