काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले माघ ५ गते बिहीबार एक सूचना प्रकाशित गर्दै ५ जना कर्मचारीको माग गरेको हो ।
लघुवित्तले सहायक अधिकृत पदमा ४ जना र परियोजना प्रमुखमा १ गरी ५ जना कर्मचारी माग गरेको छ । सहायक अधिकृतको लागि ६ महिनाको परिक्षण कालपछि स्थायी गरिनेछ ।
परियोजना प्रमुख पदको लागि भने करारको लागि माग गरेको हो । करार अवधि १ वर्ष अथवा आवश्यकता अनुसार थप हुन सक्नेछ ।इच्छुक आवेदकले संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १९ गते कार्यालय समय भित्र यस संस्थाको केन्द्रीय कार्यालय, दुहवी, सुनसरीमा आइपुग्ने गरी दरखास्त फाराम पेश गर्न आब्हान गरिएको छ ।
Comments are closed.