फोटोन ईभी भ्यान र फोटोन टिएमवानमा टाइम स्पेसल अफर

काठमाडौं । दशैँ नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टिएमवानमा लिमिटेड टाइम स्पेसल अफर ल्याएको छ ।

चाडबाडको बेलामा गाडी लिन अझ सजिलो, लाभदायक र रमाइलो बनाउनेछ । दशैँमा फोटोनले ईभी भ्यान स्किम मार्फत उत्सवलाई अझै विशेष बनाउँदैछ । ईभी भ्यान बुक गर्ने ग्राहकले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार पाउनेछन् । त्यसमा थप हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुङ मोबाइल ए ०७ (६+१२८जिबि) उपहारको रूपमा दिइनेछ ।

यो उत्सवमा फोटोन परिवारमा जोडिन अझ सजिलो र फाइदाजनक बनाउनेछ । यो उपहारसँगै यस अफरमा १ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस) र क्यासलेस इन्स्योरेन्स समावेश छन् । फोटोनले ग्राहकको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म निःशुल्क सर्भिसिंग र फ्रन्ट ब्रेक प्याडको सेट पनि निःशुल्क उपलब्ध हुनेछ । ग्राहकका लागि अन्तिम बोनस स्वरूप पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ ।

फोटोन टिएमवान दशैँ स्किममा पनि आकर्षक अफरहरू छन् । टिएमवान अब दशैँ विशेष मूल्य रु. २६ लाख ९९ हजार (रु. ६ लाख ७५ हजार छुटपछि) मा उपलब्ध हुनेछ । साथै हरेक खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन् । सुरक्षा र निश्चिन्तताको लागि यस स्किममा १ वर्षको सम्पूर्ण सवारी बीमा र क्यासलेस बीमा निःशुल्क दिइनेछ । त्यसैगरी पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै भर्ने भएकाले यो अफर अझै सजिलो र लाभदायक बनेको छ ।

यी अफरमार्फत फोटोन नेपालले गाडी मात्र होइन भ्याल्यु, केयर र इको–फ्रेन्डली मोबिलिटी पनि उपहार दिनेछ । ईभी भ्यान र टिएमवान दुवै कम्फर्ट, इफिसियन्सी र रिलायबिलिटीका लागि बनेका गाडीहरू हुन्, । जसमा अब दशैं–तिहार बोनस पनि थपिएको छ । फोटोनले सबैलाई नजिकको शोरुममा आएर यी चाडपर्व विशेष स्किमहरू हेर्न र यस उत्सवलाई नयाँ फोटोन गाडी लिएर अझै रमाइलो बनाउन अनुरोध गरेको छ ।

You might also like

Comments are closed.