चितवन । फोटोन नेपालले रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनरको बैठक बसेको छ । फोटोनले नेपालभरीबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरलाई भेला गराएको हो । फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारको लागि तयारी गर्ने बारेमा विस्तृत रूपमा छलफल भएको छ ।
यस भेलाले फोटोनलाई आफ्टर सेल्स सर्भिसमा गत वर्षको कार्यसम्पादन मूल्याङ्कन गर्न एक रणनीतिक प्लेटफर्म प्रदान गर्दै भविष्यमा गर्न सकिने सुधारहरू पहिल्याउन समेत सघाएको छ । यीमध्ये रेस्पोन्स समयको गति र सेवा दक्षतामा सुधारसँगै ग्राहक सन्तुष्टि बढाउने लगायतका विषय समावेश थिए । नेपालभरी नै फोटोन सेवाहरू प्राप्त गर्ने ग्राहकका लागि पहुँच र सुविधा बढाउने उद्देश्यले सेवा नेटवर्क विस्तार योजना पनि प्रस्तुत गरिएको छ ।
कार्यक्रमको नारा “अ रिलायबल आफ्टर सेल् सर्भिस” ले फोटोनको बढ्दो ग्राहक आधारलाई सेवा दिन उत्कृष्ट र सुसन्चारित सेवा नेटवर्क कति महत्त्वपूर्ण हुन्छ भन्ने जनाउँछ । प्रत्यक्ष रूपमा संलग्न सर्भिस पार्टनरले कार्यशाला सञ्चालन, नयाँ सेवा प्रविधि र सेवामा उत्कृष्टता बढाउने उत्तम अभ्यास अवलम्बन गर्ने बारेमा महत्वपूर्ण छलफल भएको छ ।
फोटोन नेपालले सेवा सुविधाको स्तरोन्नति, प्राविधिकका लागि उन्नत प्रशिक्षणर सेवा ट्र्याकिङ एवम् ग्राहक संलग्नता सुधार गर्न बलियो डिजिटल समाधानको लागि रणनीतिक पहलहरू व्यक्त गरेर ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धताको बारेमा विस्तृत रूपमा वर्णन गरिएको छ । कम्पनीका अनुसार कुशल, समयमै दिइने बिक्री पछिको सेवाले ग्राहकको विश्वास निर्माण गर्न र बजारमा दीर्घकालीन सफलताको ग्यारेन्टी गर्न मुख्य भूमिका खेल्छ ।
सर्भिस पार्टनरले आफ्टर सेल्स सर्भिसको उत्कृष्टता प्रतिको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको सुखद अन्त्य भएको छ । फोटोन नेपालले सेवा साझेदारको बहुमूल्य योगदान र सन्तुलित साझेदारी दृष्टिकोणका साथमा उनीहरूसँगको सहकार्यमा साकार भएका प्रयासको लागि प्रशंसा गरेको छ ।
आफ्ना सबै ग्राहकले सम्भव भएसम्मको आफ्टर सेल्स सर्भिस प्राप्त गर्ने सुनिश्चितताका लागि प्रविधि र रणनीतिक सम्बन्धमा लगानी गर्दै निरन्तर आफ्नो सेवा विस्तार गर्न प्रतिबद्ध छ । यो संस्था केही प्रस्तावित उपायहरू कार्यान्वयन गर्न र नेपालमा व्यावसायिक सवारी साधनको सेवा उत्कृष्टतामा बलियो स्थान बनाउन तत्पर छ ।
फोटोन नेपालको बारेमाः
फोटन नेपाल एक प्रख्यात चिनियाँ व्यावसायिक सवारी ब्रान्ड फोटोन मोटरको आधिकारिक वितरक हो । जसमा नेपालमा ट्रक, पिकअप र विद्युतीय सवारी साधनको ठूलो श्रृंखला छ । कम्पनी नेपालमा व्यवसायको विभिन्न आवश्यकताहरू पूरा गर्दै सबैभन्दा कठिन भूभागमा पनि टिक्न सक्ने टिकाउ, फ्युल इफिसिएन्ट र प्राविधिक रूपमा उन्नत सवारी साधनहरू प्रदान गर्न प्रतिबद्ध छ ।
Comments are closed.