काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरमा ‘मेगा मनसुन सर्भिस क्याम्प’ औपचारिक रूपमा सुरु गरेको छ ।
फोटोन सवारी धनीलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने उद्धेश्य रहेको छ । यो विस्तृत सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारी साधनलाई समेट्छ ।
सहभागीले क्याम्प अवधिभर स्पेयर पाट्र्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् । प्याकेजमा निःशुल्क सवारी वाश र ग्रीजिङ सेवा समेत समावेश छ । जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुनेछ ।
ग्राहकका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुनेछ । जसले सवारीसाधन मात्र होइन, चालकको सम्पूर्ण स्वास्थ्यप्रति पनि फोटोनको प्रतिबद्धतालाई मजबुत बनाउँछ । फोटोन टोटल केयरका दक्ष प्राविधिकले प्रत्येक सर्भिस स्टेसनमा निःशुल्क विस्तृत सवारी परीक्षण गर्नेछन् ।
यो जाँचले पावरट्रेन, इलेक्ट्रिकल कम्पोनेन्ट, चेसिस र संरचनात्मक भागसहितका सबै महत्वपूर्ण प्रणालीलाई समेट्नेछन्, जसले सवारीलाई पूर्ण रूपमा तयार अवस्थामा राख्छ । सर्भिस क्याम्पको समय वर्षायाममा व्यावसायिक तथा व्यक्तिगत दुवै प्रकारका सवारीमा धेरै आइपर्ने समस्यालाई ध्यानमा राखेर तय गरिएको हो ।
यसमा सहभागी भएर गाडीधनीले सवारीको भरपर्दो सञ्चालन कायम राख्न र प्रतिकुल मौसममा आइपर्ने आकस्मिक मेकानिकल खराबीबाट बच्न सक्नेछन् । यो अभियान गुणस्तरीय सर्भिस, अथेन्टिक पार्ट्स र दक्ष प्राविधिकमार्फत व्यापक आफ्टर सेल्स सर्भिस र ग्राहक सेवाप्रति फोटोनले दर्शाएको प्रतिबद्धताको उदाहरण हो ।
मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुनेछ । फोटोनले सबै सवारी धनीलाई यस विशेष अवसरको उपयोग गर्न प्रोत्साहित गर्दछ । जानकारी र बुकिङका लागि ग्राहकले फोटोन टोटल केयर टोलीलाई ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा सम्पर्क गर्न सकिनेछ ।
एमएडब्लु वृद्धि कमर्शियलबारे :
एमएडब्लु वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो । जुन विश्वमा लोकप्रिय व्यावसायिक सवारी, प्यासेन्जर सवारी र न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता राख्ने अटोमोबाइल ब्राण्ड हो । गुणस्तर, दिगोपन र इनोभेसनमा समर्पित एमएडब्लु वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विश्वस्तरीय उत्पादनहरू प्रस्तुत गरेको छ ।
व्यवसायिक गतिविधिलाई गतिशील बनाउन अग्रणी भूमिका खेलिरहेको यस कम्पनीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्डहरू कायम गरिरहेको छ ।
Comments are closed.