सरकारलाई गगनको भरोसा, ‘नेता होस् कि नाता कसैलाई नछोड्नुस्’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई खुट्टा नकमाउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस प्रकरणमा दोषी भेटिएमा नेतादेखि उसका नातासम्मलाई नछाड्न आग्रह गरे । शरणार्थी प्रकरणमा दोषी एक जनालाई पनि नछाड्न उनले आग्रह गरेका छन्।

‘कुनै दबाबले अनुसन्धान प्रभावित नहोस्। अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्। यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अघि उसले सुशासनको नारा लगाउन सक्छ। तपाईंको फिल्म चल्छ। हाउसफुल हुन्छ नभए हल खाली हुन्छ,’ उनले भने ।

उनले सरकारको यो तत्परताका लागि प्रशंसा समेत गरे । ‘अहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई छ,’ थापाले भने, ‘संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ,’ उनले भने ।

 

You might also like

Comments are closed.