काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्राण्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर, नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन, र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र रु ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएको छ ।
कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ । कम्प्याक्ट, शक्तिशाली, स्मार्ट ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरको प्रयोग गरी deep immersive साउन्ड तथा शक्तिशाली दबकक प्रदान गर्दछ ।
एक्टिभ न्वाइज क्यान्सिलेसन र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिको क्रममा पनि आरामदायी महसुस गराउँछ ।
Comments are closed.