काठमाडौं । गणपती बनस्पती प्रा.लि.ले ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’लाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । बिगत २५ वर्षदेखि संचालनमा रहि देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको यो कम्पनीले सोमबार एक कार्यक्रमबीच उक्त रकम हन्तान्तरण गरेको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरिएको जनाएको छ । इन्टिच्युटद्वारा आयोजित एक कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर, राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर तथा डाइरेक्टरहरु अनन्ता मोर र राजिब मोरको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरियो ।
कम्पनीले संचालनको बिभिन्न काल खण्डमा स्वदेश तथा विदेशमा बिपद व्यवस्थापन, वैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढी पहिरो, विपन्नको उपचार, भौतिक पूर्वाधारको लागि सहयोग गर्दै आइरहेको छ ।
यसरी नै सहयोगी हातहरु फैलाउने क्रममा बाल बच्चाहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डा. भगबान कोइरालाको नेतृत्वमा स्थापित हस्पिटललाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।
स्वर्गीय मुरलीधर अग्रवाल व्यावसायिक जगतको तत्कालीन समयमा चिर—परिचित नाम हो । स्वर्गीय अग्रवालका सन्ततीहरुद्वारा प्रबद्र्धित विभिन्न उद्योग, ब्यापार–व्यवसाय, बैकिङ बिमा, पूर्वाधार विकास लगायतका कम्पनीहरुको नेतृत्व गर्ने गरी लक्की ग्रुपको स्थापना भएको थियो । यसै ग्रुप अन्तर्गतको एक उद्योग गणपती बनस्पती प्रा.लि. हो ।
Comments are closed.