गण्डकी प्रदेश मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारीले दाबी पेश गर्दैै

काठमाडौं । तोकिएको समयसीमाभित्रै  नै नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित गण्डकी प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गर्ने एमाले स्रोतले जनाएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ । तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न एमाले तम्तयार अवस्थामा रहेको एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले बताएका हुन् ।

प्रदेशसभामा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा ९माओवादी केन्द्र० को आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो । प्रदेशसभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा (एकीकृत समाजवादी)सँग एक सिट छ ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने संवैधानिक व्यवस्था छ । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुङ्गो लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो ।

नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा कास्की १ बट निर्वाचित भएर संघीय ससंद्मा प्रतिनिधित्व गरेका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेका थिए ।

 

You might also like

Comments are closed.