प्राय मान्छे आफ्नो दैनिक जीवनमा व्यस्त हुन्छन् । किनमेल गर्न जानसमेत समय मिलाउनुपर्छ । यस्तै मान्छेको समयको बचत होस् र केही सस्तो मूल्यमा पनि उपलब्ध होस् भन्नका लागि हामीले काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ गरिरहेका छौं ।
जुत्ता चप्पल व्यापार मेला अहिले पनि जारी छ । जारी मेलामा एकै छानामुनि सस्तो, राम्रो क्वालिटी तथा ६ महिनाको वारेन्टीसहितका जुत्ता चप्पलहरु उपलब्ध छन् । मेलामा हामीले सामानअनुसार १० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं । यहाँ हरेक उमेर र आफ्नो बजेट अनुसारका जुत्ता चप्पलहरु उपलब्ध छन् ।
कुनैपनि ग्राहकले यहाँबाट बजेट, क्वालिटी र साइजका लागि फर्केर जानु पर्दैन । यहाँ हरेक किसिमका जुत्ता चप्पलहरु उपलब्ध छन् । यसरी एउटै छानामुनी हरेक प्रकारका जुत्ता चप्पल पाइने भएपछि ग्राहकको समयको पनि बचत भयो र सस्तो र आकर्षित छुटमा पनि किन्न पाइयो ।
यसले पनि मेलाप्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । जुत्ता चप्पल कम्पनीहरुको संयुक्त आयोजनामा सुरु भएको व्यापार मेला माघ महिनाभरी संचालन हुनेछ । मेलामा हाइलाइफ, बाम्बो, वान वर्ल्ड, शिखर, फुट स्टेप, प्राइड, बोस र भेनसलगायतका ब्राण्ड जुत्ता चप्पलहरु उपलब्ध छन् ।
Comments are closed.