गरिमा बैंकले ल्यायो ‘गरिमा स्वर्णिम निक्षेप योजना’

काठमाडौं । गरिमा विकास बैंक लि. ले ‘गरिमा स्वर्णिम निक्षेप योजना’ ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले मुद्दती खाता खोलि ५ वर्ष वा सोभन्दा बढी समयमा वार्षिक १२ प्रतिशतसम्म ब्याज पाउन सक्नेछन् ।

साथै, योजना अन्तर्गत योजना अवधिभित्र आफ्नो अनुकूलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने, आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दति बराबरको ब्याजदर पाइने बैंकले जनाएको छ ।

यस योजनामा ग्राहकले त्रैमासिक ब्याज भुक्तानी अन्तर्गत ब्याजले पनि मुद्दती बराबरको ब्याज कमाउने सक्नेछन् । हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधा दिँदै आइरहेको बताएको छ ।

jutta mela

You might also like

Comments are closed.