गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई नियुक्त गरिएको छ ।

गत भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । रेग्मी यस विकास बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

विकास बैंकको सञ्चालक समितिले गरिमा विकास बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई २०८१ असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी मिति २०८० चैत १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा रही करिव १३ बर्ष कार्य गरेको अनुभव रहेको
छ ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसंग बैंकिङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको लेखापरीक्षण कार्य गरेको अनुभव समेत रहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंक काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.