काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विभिन्न स्थानमा वृक्षरोपण गरेको छ । बैंकले देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर पिपलका विरुवा रोपण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको खोरपाथेडाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौकालिका मन्दिर परिसर, शितलटारपार्क चापाकोट र छाँयाक्षेत्र शिवमन्दिर परिसर तथा दाङको मोतिपुरपुल क्षेत्रमा बर पिपल रोपिएको छ । विरुवा रोपण कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी, शेयरधनी तथा सर्वसाधारण लगायत सहभागी थिए ।
वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास लिएको छ । विरुवा लगाइएको क्षेत्रलाई आगामी दिनमा बरपिपल चौतारीको रुपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ ।
यस विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
Comments are closed.