गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने जनाइएको छ । बैंकको हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा चुक्ता पुँजी रहेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैयाँ २२ पैसा कायम हुनेछ ।

You might also like

Comments are closed.