काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा क्यापिटल योजना व्यवस्थापक तथा गरिमा विकास बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको गरिमा समृद्धि योजनाको लाभांश घोषणा गरिएको छ ।
बिहीबार बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीलाई ५.१० प्रतिशत (करसहित) का दरले लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
सो लाभांश वितरण प्रयोजनका लागि यही साउन २७ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ । साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश पाउनका लागि योग्य हुनेछन् ।
Comments are closed.